
भैरहवा, २९ चैत। रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा अनलाइन जुवामा संग्लन भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरेको छ।
कोठा भाडामा लिएर अवैध रुपमा अनलाइन जुवा खेलाइरहेको सूचनाका आधार चेकजाँच गर्दा १८ जना भारतीय नागरिकसहित २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार, गत चैत १९ गते तिलोत्तमा नगरपालिका–७ स्थितबाट ३ थान ल्यापटप, २० थान मोबाइल, ५ थान रजिष्टरसहित ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो । त्यस्तै गत चैत २७ गते तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट ९ जना भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरिएको हो।
‘कोठा भाडामा लिएर व्यवस्थित रुपमा अनलाइन जुवा खेलाइरहेको प्राप्त सूचनापछि ९ जनालाई पक्राउ गरेका थियौं,’ डीएसपी चन्दले भने,‘त्यही घटनाको अनुसन्धान गर्दै जाँदा पछि सोही कसुरमा ११ जनालाई पक्राउ गर्न सफल भयौं।’
कोटिहवाबाट पक्राउ परेकाहरुका साथबाट भारतको विभिन्न बैंकहरुको चेकबुक २३ बन्डल, विभिन्न बैंकको एटिएम कार्ड २५ थान, ९१ हजार ७२५ नेपाली रुपैयाँ, भारतीय पासपोर्ट १ थान, स्ट्याम्प छाप ३ थान, पेन ड्राईभ ३ थान, मोबाइल २१ थान, ल्यापटप ६ थान, आधार कार्ड ३० थान, राउटर एक थान बरामद भएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यी हुन् चैत १९ गते पक्राउ परेकाहरु:
१) जिल्ला, बासडिह थाना, मिश्रवलिया गाउँ उत्तर प्रदेश, वलिया, भारत बस्ने बर्ष ३० को प्रदिप गुप्ता।
२) जिल्ला, कर्नलगंज थाना, बसेरिया, उत्तर प्रदेश गोण्डा भारत बस्ने बर्ष २२ को पवन कुमार ।
३) जिल्ला, बासडिह थाना, मिश्रवलिया उत्तर प्रदेश, वलिया, भारत बस्ने बर्ष २० का सतिश कुमार।
४) जिल्ला, हुसेनगंज थाना, मोहुवल बजार, विहार प्रदेश, सिवान भारत बस्ने बर्ष २१ को मनु कुमार सोनी ।
५) जिल्ला, नैरहवा थाना विहार प्रदेश, सिवान भारत बस्ने बर्ष २१ को अमर कुमार।
६) जिल्ला, उमेरी वेगमजंग थाना विहार प्रदेश, गोण्डा, भारत बस्ने बर्ष २१ को नर सिंह।
७) जिल्ला, गोण्डा उमेरी वेगमगंज थाना विहार प्रदेश, भारत बस्ने बर्ष २४ को राम असिस सिंह।
८) जिल्ला, गंनपुर थाना, यरुली वयष्ट बंगाल प्रदेश, नदिया भारत बस्ने बर्ष ३१ को सुदिप तो माझी।
९) जिल्ला, हण्डी थाना, वेलहरी उत्तर प्रदेश, वलिया भारत बस्ने बर्ष २२ को अबिशेष ठाकुर ।
यी हुन् चैत २७ गते पक्राउ परेकाहरु:
१) जिल्ला, आजमगढ गाउ जगदिशपुर भारत बस्ने बस्ने बर्ष २८ को संदिप कुमार।
२) जिल्ला, हैदरावाद, तेलङगना प्रदेश, हिमालय नगर भारत बस्ने बर्ष ४३ को एम डि. हाकिम।
३) तहसिल, हाटा उत्तर प्रदेश कुशिनगर भारत बस्ने बर्ष २६ को सतेन्द्र सिंह।
४) तहसिल, बास उत्तर प्रदेश गोरखपुर भारत बस्ने बर्ष ३६ को श्याम सुन्दर ।
५) जिल्ला, मउ गाउँ उत्तर प्रदेश रतनपुर भारत बस्ने बर्ष २४ को दिपक पाण्डेय ।
६) जिल्ला, मउ गाउँ उत्तर प्रदेश गाजिपुर तिराह भारत अस्पताल लाईन बस्ने बर्ष ३२ को रियाज अहमद ।
७) जिल्ला, कानपुर देहाद रसुल्लावाद उत्तर प्रदेश भारत बस्ने बर्ष ३५ को प्रदिप कुमार ।
८) जिल्ला, रुपन्देही ओमसतिया गाउपालिका वडा नं. १ बस्ने बर्ष ३४ को अक्लेश कुमार यादव ।
९) जिल्ला, सुर्खेत घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१५ कोटिहवा बस्ने बर्ष ३८ की सिमा राना
१०) भारत, दिल्ली, बस्ने बर्ष ३६ की तन्नु कुमारी।
११) भारत, दिल्ली बस्ने बर्ष ३८ की राखी झा ।

