


भैरहवा,४ बैशाख। रुपन्देही प्रहरीले नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दिपेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।

नेपाली नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत चैत २२ गते र २६ गते दुई स्थानबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जनाए ।
उनका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ बाट र २६ गते सैनामैना नगरपालिका–१० स्थित भच्कैयाबाट पक्राउ परेकाहरुका साथबाट एक हजार दरका २१ थान नोट बरामद भएको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

