


भैरहवा,६ वैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फुटपाथ अतिक्रमणका कारण पैदल यात्रुलाई समस्या भएपछि सरोकारवालाले नियन्त्रणमा सक्रियता देखाएका छन् ।
तिलोत्तमा नगरपालिका कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै तिलोत्तमा व्यापार संघ (चेम्बर अफ कमर्स) ले फुटपाथमा निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामग्री हटाउन आग्रह गरेको छ।

संघको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै शहरी सौन्दर्यमा समेत नकारात्मक असर परेको निष्कर्षसहित फुटपाथमा राखिएका सामग्री हटाउन आग्रह गरेको हो र
संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जारी गरेको सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउने अभियानमा व्यवसायी र घरधनीको साथ आवश्यक रहेको उल्लेख गर्दै ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सबै सामग्री तथा संरचना हटाउन अनुरोध गरिएको छ।

