


काठमाडौं, ९ बैशाख। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनले अहिले केही समयका लागि धक्का खेपेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालैको निर्वाचनमा नेकपाले कहाँ कमजोरी गर्यो भन्ने विषयमा वस्तुनिष्ठ मूल्याङ्कन आवश्यक रहेको बताए। उनले निर्वाचन परिणामलाई आत्मसमीक्षा गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा राखे।

पूर्व प्रधानमन्त्री प्रचण्डले लामो समय सत्तामा रहँदा पार्टीभित्र विभिन्न कमजोरी र विकृति जम्मा भएको स्वीकार गर्दै अहिलेको परिणामले ती “फोहोरमैला” हटाउने मौका दिएको उल्लेख गरे। उनले अहिले नेकपालाई जनताले घृणा गरेको नभई, नुहाइधुहाइ गरेर सफा भएर आउ भनेर सबक मात्र सिकाएको बताए ।
उनले यो अवस्थालाई पार्टी शुद्धीकरण र सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। कम्युनिष्ट पार्टी र बुर्जुवा पार्टीको फरक सुनाउँदै संयोजक प्रचण्डले बुर्जुवा पार्टीले गल्तीलाई नसच्याउने तर कम्युनिष्टहरु भरसक कमजोरी नगर्ने, अन्जानमा भएका गल्तीलाई सच्याएर फेरि अगाडि प्रवृति हुने बताए ।

