
काठमाडौं,१६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले प्रतिनिधिसभा सदस्य एवं निर्वतमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने बताएका छन् । बुधवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि जानकारी गराउने बताए ।
‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ। कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ उनले भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ।’
Advertisement

Advertisement
Advertisement

विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक साझेदारी देखिएपछि गुरुङेले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

