
भैरहवा, २२ वैशाख। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) लुम्बिनी प्रदेशमा र मधेश प्रदेशका केही जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी प्रदेशका रुपन्देही,बाँके, दाङ, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै राति रुपन्देही, कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
महाशाखाले हावाहुरीबाट जोगिने उपायहरु अपनाउन अनुरोध समेत गरेको छ ।

