Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कांग्रेसका यी ५ भ्रातृ संगठन स्वत: विघटन
    राजनीति

    कांग्रेसका यी ५ भ्रातृ संगठन स्वत: विघटन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ बैशाख २२, मंगलवार १६:२३ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२२ बैशाख । नेपाली कांग्रेसले पाँच भ्रातृ संगठनको म्याद थप नगर्ने निर्णय गरेपछि ती संगठन स्वतः विघटन भएका छन्।

    विघटन हुनेमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    महाधिवेशन गर्न नसकेपछि नेतृत्व परिवर्तनसँगै भ्रातृ संगठनका अध्यक्षहरु जिम्मेवारीबाट अलग भएका हुन्। पार्टीले यसअघि २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघलाई निर्देशन दिएको थियो भने पछि केही समय थप गरिएको थियो। उक्त समयसीमाभित्र महाधिवेशन गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने व्यवस्था गरिएको थियो।

    त्यसपश्चात पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असार १६ देखि २३ गतेसम्म बसेर कार्यतालिका पेश गरेका संघहरुलाई थप समय दिने निर्णय गरेको थियो। तर, तोकिएको अवधिमा महाधिवेशन हुन नसकेपछि म्याद नथप्ने निष्कर्षमा पार्टी पुगेको हो।

    म्याद सकिएका समितिहरुले उक्त अवधिमा गरेका निर्णय र मनोनयनहरु पनि स्वतः अवैध हुने निर्णय भएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।

    दुलालले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘‘म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरु पनि स्वतः अवैध भएका छन्। अतः नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सबै भ्रातृ सङ्घहरुको महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने।’

    नेपाल थारु सङ्घको हकमा भने जेठ १६ र १७ गते महाधिवेशन मिति तोकिएकाले सो अवधिसम्म समयावधि थप गरिएको कांग्रेसले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दल नेपाल दलित संघ नेपाल महिला संघ नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेस नेविसंघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.