


काठमाडौं,२४ वैशाख। प्रहरीले जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्लाको पातारासी गाउँपालिका–५ का ४१ वर्षीय वडाअध्यक्ष दत्त बहादुर बुढा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

जबरजस्ती करणी गरेको भन्ने महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले बढुालाई पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

