
भैरहवा,२८ बैशाख । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, जिल्लामा चलाइएको ‘स्विप अपरेसन’ अन्र्तगत सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुराएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिइएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मोडिफाई मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएर उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, यी हुन् नियन्त्रणमा लिइएका व्यक्तिहरु :
१) जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढी बस्ने बिपिन परियार।
२) जिल्ला रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलिया बस्ने कृष्ण गुप्ता ।
३) जिल्ला रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलिया बस्ने कुसदेव यादव ।
४) जिल्ला रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलिया बस्ने पवन गुप्ता ।
५) देश भारत जिल्ला महाराजगंज थाना नवतुना अड्डाबजार बस्ने सुदिप कुर्मी।
६) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने दिलिप कुर्मी।
७) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने रोजन बोहोरा क्षेत्री।
८) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१२ बस्ने प्रतियुष बस्याल ।
९) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बस्ने सुमिद्र राणा।
१०) जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ८ बस्ने आयुथ पौडेल ।
११) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने बिजय राजभर ।

