
भैरहवा, २९ वैशाख। रुपन्देही प्रहरीले जिल्लाको ७ वटा स्थानीय तहका विभिन्न स्थानबाट भन्सार छलेर भित्राइएको सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छलेर ल्याइएको २३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त मूल्य बराबरको सामग्रीहरु सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी, मायादेवी, रोहिणी, गैडहवा र कोटहीमाई गाउँपालिकाको विभिन्न स्थानबाट बरामद भएको हो ।
तस्करी गरेर भित्राइएको कपडा, कुखुरा, कस्मेटिक सामग्री, खाद्यन्न लगायतका सामग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

