
भैरहवा,२९ बैशाख। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपथ्यले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गर्यो। जसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०–१० रन बनाए। बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ तथा विशाल भुसालले १ विकेट लिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जवाफी ब्याटिङमा उत्रिएको जेआरले ४७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३९ रनमै समेटिन पुग्यो। उसका लागि राज खनालले ६०, विशाल भुसालले १५, रोजन कुमालले १४, गगन अधिकारीले १३ र अनमोल श्रीस थापाले ११ रन बनाए। बलिङमा नेपथ्यका मौसम ढकाल र कृष्ण भुसालले ३–३ तथा सन्दीप यादवले २ र आशुतोष पाण्डेले १ विकेट लिए । खेलमा कृष्ण भुसाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

