
भैरहवा,२९ बैशाख । रुपन्देही प्रहरीले कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार बुटवल उपमहानगरपालिका-८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेको सूचनाका आधारमा बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जका ४१ वर्षीय शंकर सुनारलाई एक थान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएको सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मंगलबार डिभिजन वन कार्यालय भैरहवामा बुझाइएको छ ।

