

दाङ,१जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन्।
दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गरे।
Advertisement

Advertisement
Advertisement
उनले खेलकुदले जिल्ला, प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरु कुलतमा फस्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनीहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरु समावेश छन् ।





