


काठमाडौं,५ जेठ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से १.०३ अंकले घटेको थियो।
सो दिन २ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३४६ वटा स्क्रिप्सको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको हो।

कारोबारमा सहभागीमध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटाको घटेको छ भने १२ वटाको मूल्य स्थिर रहेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सिटी होटल अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, साहस ऊर्जाको ९ करोड रुपैयाँ बराबरको कारोबार हुँदा आँखुखोला जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाइ प्यानल नेपालको ८र८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
उपसूचकतर्फ चार समूहमा हरियाली देखिएको छ भने बाँकी समूहमा गिरावट आएको छ। डेभलपमेन्ट बैंक, फाइनान्स, माइक्रोफाइनान्स र नन–लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढेको छ भने अन्य सबै समूहको उपसूचक नकारात्मक रहेका छन्।

