


काठमाडौं,९ जेठ। नेपाल प्रहरीले गत वैशाख महिनामा लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आरोपमा देशभरबाट १ हजार ५६ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना रहेका छन् ।

उक्त अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोलेन लगायत विभिन्न प्रकारका अवैध लागूऔषधसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयमार्फत निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ।
साथै, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार तथा प्रयोगबाट समाज र व्यक्तिमा पर्ने नकारात्मक प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

