


वीरगञ्ज,१२ जेठ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार, अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश गरेको हो । गत जेठ ४ गते वीरगञ्जको एक होटलबाट पक्राउ परेका प्रसाईँलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो।
कमेन्ट गर्नुस्

