


भैरहवा,१७ जेठ। रुपन्देही प्रहरीले अपहरण तथा ज्यान मार्ने उद्योगसम्बन्धी घटनामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार, लुम्बिनी रोडमा गत जेठ १० गते मोटरसाइकल सवारमा २ जनाले कोटहीमाई गाउँपालिका-३ का १९ वर्षीय इन्द्रकेश यादवको कपडा समातेर घिसारिरहेको सीसीटीभी फुटेजसहितको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संग्लन रहेका व्यक्तिहरुमध्ये मायादेवी गाउँपालिका-६ का २० वर्षीय अभिषेक पासीलाई गत जेठ ११ गते पक्राउ गरिएको र अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्ति उपर अपहरण तथा ज्यना मार्ने उद्योग मुद्दामा अदालतबाट म्याद लिएर घटनाको अनुसन्धान भइरहेको छ।

