


काठमाडौं,२१ जेठ। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको गाडी नै चोरी भएको छ।
प्रहरीका अनुसार, ठेचो क्षेत्रबाट मध्यरातमा स्कर्पियो गाडी हराएको उजुरीपश्चात खोजी कार्य तीव्र पारिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले गाडीको खोजीका लागि विभिन्न प्राविधिक माध्यमको प्रयोग भइरहेको बताए। उनका अनुसार हालसम्म गाडी फेला परिसकेको छैन।
प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययन गर्दा एक व्यक्तिले स्कर्पियो लिएर गएको देखिएको जनाएको छ।
घटनाबारे थप जानकारी जुटाउन प्रहरीले गाडीका चालकसँग पनि सोधपुछको क्रममा चालकले आफु राति सुतेको अवस्थामा चोरी भएको केही थाहा नभएको बताएका छन्।

