


भैरहवा,२२ जेठ। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा पुनः अध्यक्ष बन्ने दौडमा देखिएका छन्।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आगामी जेठ २५ गते हुने संघको निर्वाचनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले आफ्नो कार्यकालमा सिद्धार्थ क्रिकेट रंगशालाको विकास, खेलाडीहरुलाई मासिक पारिश्रमिक, खेलाडी प्रशिक्षण, विभिन्न प्रतियोगिता सञ्चालन लगायत महत्वपूर्ण काम गरेको सुनाए ।
उनले आगामी कार्यकालमा रंगशालाका बाँकी रहेका योजनाहरु पूरा गर्ने प्रतिबद्धता जनाए। संघको अध्यक्ष पदका लागि पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले पनि उम्मेदवारी दिने बताइएको छ ।

