Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतिया गाउँपालिकाको बजेट ५१ करोड बढी
    अर्थ

    ओमसतिया गाउँपालिकाको बजेट ५१ करोड बढी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार ८, सोमबार २२:३५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,८ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाको बजेट तथा कार्यक्रम ल्याएको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेकी हुन्।

    सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको चौधरीले जनाइन्। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार, आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैया बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ८७ लाख रुपैया, सशर्त अनुदानतर्फ १६ करोड १९ लाख र समपूरक अनुदानतर्फ ४० लाख रुपैया प्राप्त हुने अपेक्षा गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८१ लाख ८३ हजार, सशर्त अनुदान १ करोड ५५ लाख र समपूरक अनुदान ७५ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ।

    बजेटमा संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ९ करोड ७८ लाख ६२ हजार, प्रदेश सरकारबाट ९९ लाख ०९ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ७५ लाख रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।

    खर्चतर्फ चालु खर्चका लागि ३३ करोड ८९ लाख ३५ हजार रुपैया विनियोजन गरिएको छ भने विकास निर्माण तथा पुँजीगत कार्यक्रमका लागि १७ करोड २१ लाख १९ हजार रुपैया छुट्याइएको छ। गाउँपालिकाले विकास र सेवा प्रवाहबीच सन्तुलन कायम गर्दै बजेट कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।

    बजेटले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। भवन निर्माण सम्पन्न भएपछि सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रुपमा सञ्चालन गरिने र नागरिकलाई सहज तथा छिटो सेवा उपलब्ध गराइने उपाध्यक्ष चौधरीले बताइन्।

    बजेटले गाउँपालिकाको आवधिक योजनाले निर्धारण गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरिन्। उनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सुशासनका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमार्फत ओमसतियाको समग्र विकासलाई गति दिने र गाउँपालिकाको आत्मसम्मान तथा गौरव अभिवृद्धि गर्ने बताइन्।

    गाउँसभामा प्रस्तुत बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित पारित गरिने प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ। यस्तै गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले प्रस्तुत गरेको पालिकाको निति तथा कार्यक्रम सर्वसम्मतिमा पारीत भएको छ। उनले सभा समक्ष पालिकालाई सुशासित, समृद्ध, प्रविधिमैत्री र नागरिकमैत्री स्थानीय सरकारका रुपमा स्थापित गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

    प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय तहलाई संविधानले प्रदान गरेको अधिकार, दायित्व र जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै गाउँवासीको आवश्यकता र उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    गाउँपालिकाले आम नागरिकको अपेक्षा र दिगो विकासका आधारभूत प्राथमिकतालाई केन्द्रमा राखेर बहुआयामिक योजनाहरु अघि सारेको जनाएको छ। सन्तुलित र समावेशी विकास अन्र्तगत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय तथा संस्थागत विकासका सम्पूर्ण आयामहरुलाई समेटेको छ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि एकल प्रयास मात्र पर्याप्त नहुने अध्यक्ष यादवले उल्लेख गरे। उनले स्थानीय विकासको साझा लक्ष्य हासिल गर्न सबै पक्षको साथ आवश्यक रहेको बताए। उनले नीति तथा कार्यक्रमले ओमसतियाको समग्र विकास, समावेशी समृद्धि र दिगो पूर्वाधार निर्माणमा दूरगामी महत्व राख्ने अपेक्षा गरिएको जनाए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका ओमसतिया गाउँपालिका बजेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.