


बुटवल,१८ असार। सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले निर्वाचन आयोग, नेपाली कांग्रेससँग के कारणले वडाध्यक्ष हटाएको हो भन्नेबारे लिखित जवाफ माग गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

अन्तरिम आदेशसँगै ढकाल हालका लागि वडाध्यक्षकै जिम्मेवारीमा रहने भएका छन्। आयोगले दल त्याग गरेको आधारमा उनको पद रिक्त भएको निर्णय गरेको थियो।
कमेन्ट गर्नुस्

