

काठमाडौं,१८ असार। यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ।
विभागका अनुसार, डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा पुगेपछि भाडादर समायोजन गरिएको हो।
Advertisement

Advertisement
Advertisement
यसअघि विभागले इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा पाँच प्रतिशतसम्म भाडा बढाएको थियो भने त्यसबेला पूर्ण रुपमा भाडा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको हो ।
नयाँ निर्णय अनुसार, यात्रुवाहक, पहाडी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा दुई प्रतिशतले घट्नेछ। संशोधित भाडादर असार १८ गतेदेखि दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको विभागले जनाएको छ।





