Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सेवाग्राहीको रोजाइ बन्दै कोटहीमाईको आयुर्वेद औषधालय
    समाचार

    सेवाग्राहीको रोजाइ बन्दै कोटहीमाईको आयुर्वेद औषधालय

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार २२, सोमबार १३:४८ गते
    advertisement
    advertisement
    advertisement

    सलमान खान
    मर्चवार,२२ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयको आयुर्वेद औषधालय सेवा प्रभावकारी देखिएको छ । सेवा प्रभावकारी भएसँगै औषधालयमा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ।

    पालिकाको मझागाँवास्थित २०४५ सालमा स्थापना भएको आयुर्वेद औषधालयमा पेटसम्बन्धी समस्या, बाथ, पाइल्स, उच्च रक्तचाप, मधुमेह, जन्डिस, पत्थरी, नसा सम्बन्धी, स्तनपाई (सुत्केरी महिलाका लागि) लगायतका विभिन्न रोगको उपचार तथा पञ्चकर्म अन्तर्गत थेरापी सेवा प्रदान गर्ने गरिएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उक्त औषधालयमा कोटहीमाईका साथै विभिन्न स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । औषधालयका अनुसार, दैनिक औसत ८० जना सेवाग्राहीले सेवा लिने गरेका छन्।

    ‘आयुर्वेद औषधालय सेवा प्रभावकारी रहेकै कारण पालिकावासीका साथै अन्य स्थानबाट पनि सेवाग्राहीहरु आउने गरेका छन्’,उनले भने,‘जहाँ हामीले सबैलाई एक बराबर सेवा प्रवाह गर्ने गरेका छौं।’

    औषधालयको वरिष्ठ बैध सुशीला अर्यालले औषधालयमा कटिवस्ती, सिरोधारा, स्नेहन–स्वेदनजस्ता पञ्चकर्म थेरापी सेवा पनि प्रदान गर्ने गरिएको जानकारी दिइन् । उपचारसँगै बिरामीलाई आवश्यक व्यायामसम्बन्धी परामर्श पनि दिइने गरिएको छ।

    औषधालयमा ६५ भन्दा बढी प्रकारका आयुर्वेदिक औषधि उपलब्ध छन्। बजारमा एलोपेथिक औषधि सेवन गर्दा पनि नियन्त्रणमा नआएका उच्च रक्तचापलगायतका बिरामी यहाँ आएर स्वास्थ्यमा सुधार भएको अनुभव सुनाउने गरेको उनी बताउँछिन्।

    अन्य अस्पतालमा उपचार गराएर पनि निको नभएका तथा भारतको गोरखपुरसम्म उपचार गराएका केही बिरामीले समेत यहाँ उपचारपछि राहत पाएको उनको भनाइ छ।

    ‘सेवा प्रभावकारी भएकै कारण धेरै टाढा टाढाबाट पनि विरामीहरु आउँछन्’,उनले भनिन्,‘बिरामीको अवस्था अनुसार हामीले यहाँ आयुर्वेद पद्धतिबाट उपचार सुरु गर्छौं।’

    औषधालयमा सेवा लिन आएका कोटहीमाई गाउँपालिका–५ मझागाँवाका कोमल यादवले निजी क्लिनिकमा १५ दिन उपचार गर्दा पनि निको नभएपछि आयुर्वेद औषधालयमा आएको र यहाँको औषधि सेवनपछि स्वास्थ्यमा सुधार भएको बताए।

    त्यस्तै कोटहीमाई–४ बैरघाटका एक सेवाग्राहीले पेटमा ग्यास, हात सुन्निने, ढाड तथा खुट्टा दुख्ने र भोक नलाग्ने समस्या आयुर्वेदिक उपचारबाट कम हुँदै गएको अनुभव सुनाए।

    स्वास्थ्य समस्याका कारण उपचारका लागि औषधालयमा आएकी कोटहीमाई–५ मझागाँवाकी गुडिया यादवले औषधालयको उपचारप्रति विश्वास बढेको प्रतिक्रिया दिइन्। उनले उपचारका लागि आफुले औषधालयकै सेवा लिने गरेको सुनाइन्।

    औषधालयमा कार्यरत औषधि कुटुवा धनश्याम प्रसाद कुर्मीले औषधालयप्रति नागरिकको विश्वास बढ्दै गएको र गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिइएको बताए।

    स्थानीयवासीले सहज पहुँच, निःशुल्क तथा उपचारको सकारात्मक परिणामका कारण कोटहीमाईको आयुर्वेद औषधालयप्रति विश्वास बढ्दै गएको बताएका छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आयुर्वेद औषधालय कोटहीमाई गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.