


परासी,२२ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले गुप्तामाथी गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य र नातेदारको नाममा सम्पत्ति लुकाएको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

३ करोड ४५ लाख बढी रुपैया भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबर अख्तियारले विगो मागदाबी गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, उनीसहित उनका बाबु वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरु शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।



