


काठमाडौं,२६ असार। सरकारले राहदानी नियमावली संशोधन गर्दै नयाँ अनुसूची लागू गरेको छ।
परराष्ट्र मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै राहदानी नियमावली, २०७७ को अनुसूची–२ अन्तर्गतको खण्ड ‘ख’ संशोधन गरिएको जनाएको छ।

मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, नियमावलीको नियम ३० ले दिएको अधिकार प्रयोग गर्दै साविकको खण्ड ‘ख’ हटाई नयाँ व्यवस्था लागू गरिएको हो।
यसैबीच, राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रुपान्तरण गर्ने क्रममा दुई दिन सेवा स्थगित गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार प्रणाली परिवर्तनका कारण बिहीबार र शुक्रबार नयाँ राहदानीका लागि आवेदन दर्ता तथा सम्बन्धित सेवा बन्द रहनेछन्।
यद्यपि, यसअघि नै तयार भइसकेका राहदानी भने सम्बन्धित सेवाग्राहीलाई नियमित रुपमा वितरण गरिने विभागले जनाएको छ।
के भयो संसोधन ? हेर्नुहोस् राजपत्र :



