


काठमाडौं,२६ असार। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रवार २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ।

यस्तै चाँदीको मल्य पनि उकालो लागेको छ। बिहीबार ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

