


सलमान खान
भैरहवा, २६ असार । रुपन्देही प्रहरीले मायादेवी गाउँपालिका-५ स्थित गुरुवनियामा गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारततर्फबाट लागुऔषध ब्राउन सुगर र पेस्तोलसहित मोटरसाइकलमा आएका भारतको उत्तर प्रदेशका अकबाल खानलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरक्षामा गोली प्रहार गरी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।


उनका अनुसार पक्राउ परेका आरोपीको खुट्टामा गोली लागेको छ । बरामद लागुऔषधको परिमाण एकिन भइसकेको छैन।
आरोपीको साथबाट लागुऔषध ब्राउन सुगर, पेस्तोल, गोली र प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

