Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी विश्वविद्यालयको बजेट, नीति तथा कार्यक्रम स्वीकृत
    अर्थ

    लुम्बिनी विश्वविद्यालयको बजेट, नीति तथा कार्यक्रम स्वीकृत

    विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित हुन निर्देशन
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ असार २६, शुक्रबार २२:५८ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२६ असार। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँको बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको १९ औं सभा बैठकले बजेट, नीति तथा कार्यक्रम स्वीकृत गर्दै विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन दिए।

    बैठकमा उपकुलपति डा. माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल २ हजार ६२० विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए।

    विश्वविद्यालयका ८ सम्बन्धन प्राप्त कलेज र ८ सहकार्यमा सञ्चालित कलेज रहेका छन्। विश्वविद्यालयमा २०२ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको जानकारी पनि प्रस्तुत गरिएको थियो।

    विश्वविद्यालयले चीन, जापान, भारत, कोरिया लगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र सम्पन्न गरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको, पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गरेको तथा कम्प्युटर आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाएको उल्लेख गरिएको छ।

    त्यस्तै, विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम अघि बढाएको, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा समेत प्रगति हासिल गरेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।

    बैठकको प्रारम्भमा उपकुलपति डा. माणिकरत्न शाक्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए। बैठकमा विश्वविद्यालय सभाका सदस्य, पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागिता रहेको विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी बौद्ध विश्वविद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.