


काठमाडौं,३१ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर (छैटौँ) डिल्ली राज खड्कालाई पक्राउ गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा बुधबार उनलाई घुससहित पक्राउ गरिएको हो।

इन्जिनियर खड्कालाई दमक नगरपालिका–१ स्थित खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

