


काठमाडौं,३२ असार। सरकारले प्रतिनिधिसभा सदस्य (सांसद्) हरुलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमका अनुसार, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरुलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भन्दै सांसदहरुको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो।
तर, अहिले रास्वपा नेतृत्वको सरकारले पुनः संघीय संसद्का सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै संसदहरुले स्वकीय सचिव राख्न पाउने सुविधा दिने निर्णय गरेको हो।

