

काठमाडौं,३२ असार। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको अभियोगमा साढे आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको अभियोगमा पौडेललाई साढे आठ वर्ष कैद सजाय तोकेको हो।
Advertisement

Advertisement
Advertisement
अदालतले घुस दिएको अभियोग लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्ष कैद सजाय हुने फैसला गरेको छ। साथै, सरकारी विशिष्ट श्रेणीको पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै पौडेलको सजायमा थप छ महिना कैद थप गरिएको छ।
विशेष अदालतले बरामद रकम नभएको अवस्थालाई आधार बनाउँदै दुवै प्रतिवादीबाट बिगो कायम नगरेको जनाएको छ। तर, घुस कारोबारमा उल्लेख भएको तीन करोड आठ लाख रुपैयाँलाई दुई जनाबीच बराबर बाँडफाँट गरी प्रतिव्यक्ति एक करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।





