Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कांग्रेस सभापतिलाई कार्यकर्ताको पत्रः पार्टी फुटेमा जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्छ
    राजनीति

    कांग्रेस सभापतिलाई कार्यकर्ताको पत्रः पार्टी फुटेमा जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्छ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ श्रावण ६, बुधबार १६:२१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ६ साउन। नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिकाका तरुण दलका पूर्वउपाध्यक्ष टीका बहादुर जि.सी. ले पार्टीको आन्तरिक एकता जोगाउन नेतृत्वलाई समयमै संवाद, लचकता र जिम्मेवारी प्रदर्शन गर्न आग्रह गरेका छन्।

    पार्टी सभापति (गगनकुमार थापा) लाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्रमा उनले देश र पार्टी इतिहासकै संवेदनशील मोडमा रहेको उल्लेख गर्दै गुटगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई एकढिक्का बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले पार्टीभित्र देखिएको असमझदारी समाधानका लागि संस्थापन पक्ष र पुराना अग्रज नेताहरु दुवैले आवश्यक लचकता अपनाएर संवादमार्फत निकास खोज्नुपर्ने धारणा राखेका छन्। नेतृत्वको अनुभव र जिम्मेवारीलाई मध्यनजर गर्दै दुवै पक्षले ‘१९–२० को लचकता’ अपनाउनुपर्ने उनको सुझाव छ।

    पूर्वउपाध्यक्ष जि.सी.ले पार्टी फुटाउने वा फुटाउने प्रयासका गतिविधिले तल्लो तहका कार्यकर्तामा मानसिक पीडा र आघात पुराएको सभापतिसहित दुवै पक्षका विभिन्न शीर्ष नेताहरुलाई पठाइएको पत्रमा उल्लेख छ।

    पार्टी कुनै नेता विशेषको मात्र नभई लाखौं कार्यकर्ताको पसिना र सहिदहरूको रगतले सिञ्चिएको साझा घर भएकाले सबैलाई समेटेर अघि बढ्ने मुख्य जिम्मेवारी पार्टी प्रमुखकै काँधमा रहेको उनको भनाइ छ।

    पत्रमा उनले नेतृत्वबीचको हठ वा आपसी टकरावका कारण पार्टीमा कुनै प्रकारको विभाजन वा क्षति भए त्यसको सम्पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने स्पष्ट चेतावनी दिएका छन्।

    ‘यदि नेतृत्वको हठ वा आपसी टकरावका कारण पार्टीमा कुनै पनि किसिमको विभाजन वा क्षति हुन गएमा त्यसको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी स्वयम् पार्टी सभापतिको हैसियतले हजुरले र दोस्रो पक्षका पुराना अग्रज नेताहरुले लिनुपर्नेछ’,पत्रमा भनिएको छ, ‘पार्टी फुट्नु भनेको समग्र संगठन सिद्धिनु हो, जसमा हामी आम कार्यकर्ताहरुको कुनै दोष रहने छैन र इतिहासको त्यो कठघरामा जवाफदेही पनि शीर्ष नेतृत्व नै हुनुपर्नेछ।’

    पूर्वाग्रह त्यागी पार्टीलाई अक्षुण्ण र एकढिक्का राख्दै अघि बढाउन समयमै ठोस कदम चाल्न उनले नेतृत्वसँग आग्रह गरेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    टीका बहादुर जिसी नेपाली कांग्रेस नेपाली कांग्रेस सिद्धार्थनगर
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.