


सिरहा, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुससहित कर अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आयोगको बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार, आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पालले एक कम्पनीको फुल अडिट गर्नका लागि माग गरेको पाँच लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
कमेन्ट गर्नुस्

