


भैरहवा, ७ साउन । रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका–१३ का २२ वर्षीय प्रवेश घर्ती मगर र सोही स्थानका १७ वर्षीय विस्मत घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले अंचलपुरमा रा ७ प ७००७ नम्बर स्कुटर चेकजाँचको क्रममा लागुऔषध बरामद भएको हो ।
पक्राउ परेका आरोपीहरुको साथबाट डायजेपाम इन्जेक्सन १४५ एम्पुल, प्रोमेथाजिन एचसीएल इन्जेक्सन १४५ एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन १४५ एम्पुल, तीन थान सिरिन्ज र दुई थान मोबाइल बरामद भएको उनले जनाए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

