


रौतहट,८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथी बिहीबार राति कालोमसी प्रहार गरिएको छ।
गढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला ‘मधेश मुक्ति अभियान’सँग आबद्ध कार्यकर्ताले उनीमाथी कालोमसी प्रहार गरेको बताइएको छ।

घटनाको पुष्टि सांसद पौडेलले राति कार्यक्रम सकाएर फर्किने लाग्दा पछाडीबाट केही युवाले कालो पदार्थ फ्याकेर फरार भएको बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

