


काठमाडौं,८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, स्थायी लेखा नम्बर बन्द गर्न सेवाग्राहीलाई आवश्यक सिफारिस दिनका लागि माग गरेको २१ हजार रुपैयाँसहित काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

भट्टराईलाई घुससहित वडा कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कमेन्ट गर्नुस्

