

रसुवा, १० भदौ। रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बाढी पुर्वानुमान महाशाखाले तिब्बततर्फबाट ठूलो बाढी भोटेकोसी नदीमा प्रवेश गरेको जनाएको छ।
महाशाखाले अर्को सूचना नआउँदासम्म त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
Advertisement

Advertisement
Advertisement
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार, बुधबार बिहान करिब सवा ९ बजे एक्कासि ठूलो बाढी आएको हो। बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।
कमेन्ट गर्नुस्





