

परासी, ११ भदौ। नारायणी नदीमा बाढीको जोखिम कम भएपछि सुरक्षित स्थानमा सारिएका नवलपरासी पश्चिमको सुस्ता गाउँका स्थानीयवासी बिहीबार बिहानैदेखि घर फर्कन थालेका छन्।
रसुवा क्षेत्रमा आएको बाढीका कारण नारायणी नदीको जलसतह बढेपछि सुस्ता गाउँ डुबानमा पर्न सक्ने जोखिम देखिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। उनीहरुलाई नदीपारि सुस्ता गाउँपालिका–५, बलिनगरस्थित बीपी माध्यमिक विद्यालयमा राखिएको थियो।
Advertisement

Advertisement
Advertisement
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार, नारायणी नदीको जलसतह क्रमिक रुपमा घट्दै गएको र तत्काल ठूलो जोखिम नदेखिएकाले विद्यालयमा आश्रय लिइरहेका स्थानीयवासीलाई सुरक्षित रुपमा घर फर्कने व्यवस्था मिलाइएको हो।
सुस्ता क्षेत्रमा हाल २२० घरधुरीका करिब १ हजार ४५७ जना बसोबास गर्दै आएका छन्।





