

भैरहवा, ११ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रुपन्देहीका नागरिकसमेत सम्पर्कविहीन भएका छन् ।
विभिन्न कामका लागि रसुवामा रहेका उनीहरु बाढीपछि सम्पर्कविहीन भएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र, रुपन्देहीले जनाएको छ। सम्पर्कमा नआएका अधिकांश व्यक्ति रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत छन् भने केही गोसाइँकुण्ड तथा मानसरोवर यात्राका लागि गएका थिए ।
Advertisement

Advertisement
Advertisement
केन्द्रका अनुसार, रुपन्देही स्थायी ठेगाना भएका नागरिकमध्ये २२ जना सम्पर्कविहीन भएको विवरण केन्द्रमा टिपोट गराइएको थियो । जसमध्ये पाँच जना सम्पर्कमा आइसकेका छन्। बिहीबार साँझ ७ बजेसम्मको विवरणअनुसार स्थायी ठेगाना रुपन्देही भएका १७ जना अझै सम्पर्कमा आएका छैनन्।
यसैगरी, रुपन्देहीमा अस्थायी ठेगाना भएका र जिल्ला बाहिर बसोबास गर्दै आएका केही व्यक्तिका आफन्तले पनि उनीहरु सम्पर्कविहीन भएको विवरण रुपन्देहीस्थित जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा टिपोट गराएका छन्। केन्द्रका अनुसार, यस्तो विवरणमा अस्थायी ठेगाना भएका र जिल्ला बाहिर बसोबास गर्ने थप १७ जना छन् । यसका साथै दुई जना भारतीय नागरिक पनि सम्पर्कविहीन रहेको विवरण रुपन्देही केन्द्रमा टिपोट गराइएको छ।
केन्द्रले प्राप्त विवरणका आधारमा सम्पर्कविहीन नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ।
हेर्नुहोस् सूची :












