

भैरहवा, १५ भदौ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
अर्घाखाँची सिमेन्टका सञ्चालकहरुले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
Advertisement

Advertisement
Advertisement
कम्पनीका सञ्चालक राजेश कुमार अग्रवालले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आफूहरु पीडितको साथमा रहेको बताए। उनले कम्पनीको सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यक्रमलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
रकम हस्तान्तरण कार्यक्रममा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकासहित कम्पनीका अन्य प्रतिनिधिको समेत सहभागिता थियो।
साथै, अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढीमा ज्यान गुमाउनुहुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।





