

भैरहवा,१६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि अस्पतालका अध्यक्ष रमेश शर्माले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
Advertisement

Advertisement
Advertisement
विपद्बाट प्रभावित सर्वसाधारणहरुको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्पतालले उक्त रकम प्रदान गरेको कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले जानकारी दिए।
भैरहवामा रहेको उक्त संस्था स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो।





