


काठमाडौं,१४ असोज। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले खुला प्रतियोगिताबाट पदपूर्ति गरिने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
मानवस्रोत विभागअन्तर्गत भर्ती तथा छनोट शाखाले विज्ञापन नम्बर ०५ (०८२र८३) अनुसार सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

लिखित, शैक्षिक योग्यता र अन्तर्वार्ताको कुल प्राप्ताङ्कका आधारमा योग्यताक्रम निर्धारण गरी सफल उम्मेदवारको नाम तथा दर्ता नम्बर सार्वजनिक गरिएको छ।
सफल उम्मेदवारले असोज १६ गते बिहान ९ बजेभित्र आवश्यक कागजातसहित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकमा सम्पर्क गर्नुपर्ने बताइएको छ।
हेर्नुहोस् सूची :




