Close Menu
    What's Hot

    लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै उत्साह, कतै सुनसान

    २०८३ आश्विन २२, बिहीबार १३:५१ गते

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    २०८३ आश्विन २२, बिहीबार १३:२४ गते

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    २०८३ आश्विन २२, बिहीबार १२:५७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै उत्साह, कतै सुनसान

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:५१ गते0
    प्रमुख समाचार

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:२४ गते0
    अर्थ

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १२:५७ गते0
    विशेष

    पाँच महिनादेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोष

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १२:४२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु
    प्रमुख समाचार

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:२४ गते
    advertisement
    advertisement
    advertisement

    पाल्पा,२२ असोज। मातृ तथा नवजात शिशुको मृत्यु घटाउने प्रयास भइरहे पनि पाल्पामा पछिल्लो वर्ष नवजात शिशुको मृत्यु बढेको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एक जना आमाको मृत्यु हुँदा १९ जना नवजात शिशुको मृत्यु भएको छ।

    यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक जना आमासहित १४ जना नवजात शिशुको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा मातृ मृत्यु शून्यमा झरे पनि १७ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मृतजन्मको संख्या पनि उल्लेख्य छ। तीन आर्थिक वर्षमा क्रमशः ४१, ४३ र २१ वटा मृतजन्म भएको तथ्यांक छ।

    पाल्पा पूर्ण संस्थागत प्रसूतिसेवायुक्त जिल्ला घोषणा भए पनि गर्भावस्थादेखि प्रसूतिपछिसम्मको स्वास्थ्य सेवा सबै महिलाले मापदण्डअनुसार लिन नसक्नु, दुर्गम क्षेत्रमा स्वास्थ्य जाँचको पहुँच कमजोर हुनु र जटिल अवस्थामा समयमै सुविधासम्पन्न अस्पताल पुग्न नसक्नु प्रमुख चुनौतीका रुपमा देखिएका छन्।

    आर्थिक वर्ष २०८२/८३ मा चार पटक गर्भजाँच गराउने दर ८६.९८ प्रतिशत रहे पनि संस्थागत प्रसूति सेवा लिने दर ७७.३७ प्रतिशत र प्रसूतिपछि चार पटक स्वास्थ्य जाँच गराउने दर ४९.२९ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। घरमै हुने प्रसूति भने शून्य रहेको कार्यालयको भनाइ छ।

    स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले सरोकारवाला निकायबीच समन्वय र सहकार्य बढाउन सके मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन सकिने बताए। दुर्गम क्षेत्रमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार, सहज पहुँच हुने स्थानमा गुणस्तरीय बर्थिङ सेन्टर सञ्चालन र समयमै उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

    राष्ट्रिय अवस्थासँग तुलना गर्दा लुम्बिनी प्रदेशमा पनि मातृ तथा नवजात स्वास्थ्यका सूचक चुनौतीपूर्ण छन्। नेपालमा मातृ मृत्यु अनुपात प्रतिलाख जीवित जन्ममा १५१ रहेकामा लुम्बिनीमा २०७ तथा राष्ट्रिय नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ रहेकामा प्रदेशमा २४ रहेको तथ्यांक छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नवजात शिशु नवजात शिशुको मृत्यु पाल्पा स्वास्थ्य कार्यालय पाल्पा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ४४ उपसचिव भए यताउता, को पुगे कता ? (सूचीसहित)

    २०८३ आश्विन २०, मंगलवार २३:०१ गते

    दसैं टीकाको साइत बिहान १०:२६ बजे

    २०८३ आश्विन २०, मंगलवार २२:२० गते

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.