
१२ पौष, भैरहवा । तमु (गुरुङ्ग) को पर्व तमु ल्होसार – २६०७ औं को अवसरमा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद शान्तिनगर इकाइले बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
परिषदले बिहिबार शान्ति बुद्ध गुम्बा, भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमहरुबारे जानकारी गराएको छ ।
Advertisement

Advertisement
Advertisement

गिद्ध वर्ग (ल्हो) माई स्वागत तथा विरालो वर्ग लाई विदाई कार्यक्रम ल्होसार-२६०७ अन्तर्गत मंसिर २६ गते देखि पुस ७ गते सम्म स्वोरा कार्यक्रम सम्पन्न गरेको परिषदका अध्यक्ष मोहन सिङ गुरुङ्ले बताए ।
सो क्रममा ९ लाख बढि सहयोग जम्मा भएको उनले जानकारी दिए । यस्तै बुधबार मात्रै परिषदके भैरहवाको देवकोटा चोकमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
पुस १४ गते बिहान १० बजे शनिवार नगर परिक्रमा (शान्ति पदयात्रा) एवम खेलकूद कार्यक्रम सम्पन्न गर्ने परिषदकि सदस्य सावित्री गुरुङ्गले बताइन । उनले खेलकुद कार्यक्रम महिला, बालबालिका एवम पुरुषहरुका लागि अलग अलग बिधा राखिएको उनले बताइन ।
यस्तै पुस १५ गते बिहान पाठ, पूजा तथा १० बजे बाट शान्ति बुद्ध गुम्बामा मुख्य कार्यक्रम गर्ने गुरुङ्ले बताइन ।
परिषदका अध्यक्ष मोहन सिङ गुरुङको अध्यक्षता, पूर्व सह सचिव अनिल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्ति बुद्ध गुम्बाका अध्यक्ष आस बहादुर गुरुङ, नन्दा गुरुङ, बिशन सिङ गुरुङ, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी लगायतले बोलेका थिए । कार्यक्रममा परिषदकि उपाध्यक्ष धर्म कुमारी गुरुङ्ग्ले स्वागत मन्तब्य राखेकी थिइन ।

