
भैरहवा, २५ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कोटहीमाई आधारभुत विद्यालय ,पडसरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
युथ क्लब अफ पडसरीद्वारा मंगलबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको क्लबका अध्यक्ष सुरेश मिश्रले बताए ।
Advertisement

Advertisement
Advertisement


कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटी ,विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष मातृका प्रसाद यादव , अकाश गुरुंग ,सुष्मा भूजेल लगायतको सहभागीता रहेको थियो ।

