Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?
    समाचार

    एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० पुष २९, आईतवार ०८:२५ गते
    periods
    advertisement
    advertisement
    advertisement

    प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ ।

    जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यसरी असामान्य रुपले छोटो अवधिमा महिनावारी दोहोरिनुलाई सामान्य मानिंदैन । यस्तो किन हुन्छ त रु एउटा मात्र कारण छैन । विभिन्न कारणले एकै महिनामा महिनावारी दोहोरिन सक्छ ।

    पाठेघरमा संक्रमण

    ब्याक्टेरिया योनीबाट महिलाको अंगभित्र भएर पाठेघरमा संक्रमण हुन्छ, जसलाई पेल्वभक इन्फ्लामेटरी डिजिज (पीआइडी) भनिन्छ । यसमा योनी सुन्निने र दुख्ने हुन्छ । साथै यसमा अनियमित रक्तश्राव हुने गर्छ ।

    हार्मोन डिसअर्डर

    महिलाको शरीरमा हार्मोनको कारण महिनावारी गडबड हुने गर्छ । महिलाको डिम्बाशयले उत्पादन गर्ने हार्मोन इस्ट्रोजन, प्रोजेस्टेरोन वा टेस्टोस्टेरोनको घटबढका कारण पाठेघरको भित्री तह (इन्डोमेट्रियम) मा पर्ने प्रभावले गर्दा महिनामा दुई पटक रगत बग्ने हुन्छ । थाइराइड हार्मोन कम वा बढी भएमा पनि महिनावारी नियमित हुँदैन । जसले गर्दा महिनामा दुई पटक महिनावारीको समस्या देखिन्छ ।

    पाठेघरमा ट्युमर पलाएमा

    पाठेघरभित्र ट्युमर पलाएको अवस्थामा पनि महिनावारी अनियमित हुनसक्छ । यसलाई मेडिकल भाषामा ‘युटेराइन फाइब्राइड’ भनिन्छ । महिनावारीको बीचबीचमा रगत बग्ने, धेरै रक्तश्राव हुने गर्छ । त्यस्तै पाठेघरको मुखमा मासु पलाएमा अनियमित रक्तस्राव हुने गर्छ । शरीरमा इस्ट्रोजोन हार्मोन बढी भयो भने पाठेघरमा मासु पलाउन सक्छ ।

    पीसीओडी (पोलिसिटिस्क ओभरियन डिजिज)

    महिलाको डिम्बाशयले अनियमित हार्मोन उत्पादन गर्दा डिम्बहरु निष्कासन हुन गाह्रो हुन्छ । यस्तो परिस्थितिमा महिनावारी ढिला हुने वा बीच बीचमा पाठेघरबाट रगत जाने हुन्छ । यो रोगले निस्सन्तान हुने जोखिम पनि बढाउँछ ।

    गर्भावस्था

    गर्भधारण गरेको २० हप्ताभित्र थोरै थोरै रगत बग्न सक्छ । कसैको भने गर्भधारण हुने बखतमा हल्का रक्तस्राव हुन सक्छ, जसलाई ‘इम्प्लान्टेसन ब्लिडिङ’ भनिन्छ । प्रोजेस्टोरोन हार्मोनको अभाव भएमा, ब्लाइटेड ओभम (भ्रूणरहित गर्भ बस्दा) , थ्रेटेन्ड एबोर्सन (गर्भावधिको सुरुवाततिर दखल पुग्दा) आदिमा पनि बीच समयमा रगत बग्न सक्छ । यसबेला आराम र औषधिको जरुरी हुन्छ ।

    गर्भनिरोधक चक्कीको असर

    नियमित रुपमा सेवन गर्नुपर्ने अस्थायी परिवार नियोजन चक्की बीचमा खान छुटेमा, पटक पटक आपतकालीन गर्भनिरोधक चक्कीको सेवनले पनि महिनावारी गडबडी हुन्छ ।

    रजोनिवृत्ति

    महिलाहरूको मासिक चक्र (महिनावारी) रोकिनुलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ । महिलाको उमेर ४० वा ५० वर्ष पार भइसकेपछि महिनावारी रोकिन्छ । यसरी रजोनिवृत्ति हुने बेला महिनावारी गडबडी हुन जान्छ । कहिले पटक पटक महिनावारी हुने त कहिले लामो समयसम्म महिनावारी रोकिने गर्छ ।

    त्यस्तै महिनावारी अनियमित हुनुमा अर्को कारण हो, तनाव । अत्यधिक तनावबाट गुज्रिरहेको महिलाको पनि महिनावारी नियमित हुँदैन । त्यसैले महिनावारी गडबडी भएमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु जरुरी हुन्छ ।

    लेखक
    डा. मीना प्रधान
    स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

    (प्रकाशित साम्रगी अनलाइनखबर डट कमबाट साभार गरिएको हो )

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    महिनावारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.