
भैरहवा, २९ पुस ।
नारायणगढ-मुग्लिङ सडक खण्ड माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ। गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरी काम हुँदै आएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो।
सो खडक खण्डमा निर्माणाधिन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलापुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सूचारु गर्नुपर्ने भएकाले सडक आजदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म पूर्ण बन्द हुनेछ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाडौंबाट जाने यात्रुवहाक सावरी साधनलाई मुग्लिङ बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट आउने सवारी साधानलाई बेनीटारादेखि पावरहाउससम्म बिहान ११ः५५ बजेसम्म सञ्चालन हुनेछन्।
यसैगरी काठमाडौंबाट आउने मालबहाक सवारी साधन लेवाटारमा र पोखरातर्फबाट आउने सवारी साधनहरुलाई सत्रसय फाँटमा बिहान ११ः४५ मिनेटमा रोकि सक्नुपर्नेछ।
नारायणगढतर्फबाट छिर्ने यात्रुबहाक सवारी साधनहरु पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ः३० बजे रोकिनेछन्। सोही क्षेत्रबाट आउने मालबहाक सवारीहरु भतेरी जंगलदेखि रामनगरसम्म बिहान ११ः३० बजेसम्म रोकिनेछन्।
तोकिएका स्थानमा रोकिएका सबै सवारी साधनहरुलाई भने अपरान्ह ४ बजेमात्रै छोडिने प्रहरीले जनाएको छ।

