
भैरहवा, २९ पुस ।
नेपाली चलचित्र ‘२ रुपियाँ’ मा समावेश गरिएको एउटा गीत युट्युवमा २० करोड भन्दा बढी पटक हेरिएको छ । आइतबार दिउँसोसम्म उक्त चलचित्रको ‘कुटुमा कुटु’ गीत २० करोड भन्दा बढी पटक हेरिएको हो ।
उक्त गीत रिलिज भए देखि नै चर्चा बटुल्न सफल भएको थियो । गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार शिवाकोटीले यो उपलब्धिको खुशि बाँडेका छन् । उनले फेसबुकमा गीतको शब्द लेखिएको चिर्कटो पनि सेयर गरेका छन् । ‘नेपाली मौलिक गीत संगीतले संसारभरिका गीत संगीतप्रेमीको मन जित्न सकोस्’ उनले लेखेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यो गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।

