
काठमाडौं, २९ पुस ।
सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार निर्माण व्यवसायीहरूसँग छलफल गर्दै भुक्तानी प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानमन्त्री सचिवालयका अनुसार आजैदेखि भुक्तानी प्रक्रिया अगाडि बढाइने छ। लामो समयदेखि भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू आन्दोलित बनेका थिए। काम गरेको भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले सिंहदरवारदेखि बालुवाटारसम्म घेराउ गरेका थिए ।
प्रधानमन्त्री दाहालले गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आजैदेखि भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितका अधिकारीहरूसँग छलफल गरिएको थियो।

