
दाङ, २९ पुस ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई अफ्ठ्यारो पर्ने नदिइने बताएका छन् ।
लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउदै उनले कानुन बनाउनु कुरा ठुलो कुरा नभएको र कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताए । कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको उनको भनाइ छ ।
Advertisement

Advertisement
Advertisement

कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले आइतबार लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नुपर्ने बताए ।
सभामुख घर्ती मगरले भने– ‘संघीयता माथी जबर्जस्त प्रश्न उठाएको छ । त्यसको जवाफ दिन पनि स्थानीय तह कानुन निर्माण र कार्यान्वयनमा अब्बल हुनु पर्छ ।’
सभामुख घर्ती मगरले संविधानले स्थानीय तहलाई कानुन निर्माण , प्रमाणिकरण र कार्यान्वयनको अधिकार दिएकाले कानुन निर्माणमा समेत स्थानीय तहका पदाधिकारी सदस्यहरुको अब्बल हुनुपर्ने बताए ।
उनले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको लागू हिउँदे अधिबेशनमा स्थानीय सेवा बिधेयक सभामा पेश गर्ने गरि काम अघि बढाइएको जानकारी दिए ।
त्यसैगरि उप सभामुख माननीय मेनुका खाड केसीले प्रदेशवासीलाई दिइने सेवालाई स्थानीय तह अधिकार सम्पन्न निकाय भएको र पालिकाले निर्माण गर्ने कानुनले प्रत्यक्ष प्रभाव पार्ने भएकाले कानुन निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।
कपिलवस्तुको शिबराज नगरपालिकाका प्रमुख अजय थापाले विकास निर्माणमा पनि प्रदेशले समन्वय र सहकार्य गर्नु पर्ने बताए ।

